अमृत भट्टराई / बिहादी, पर्वत । नेपाली काँग्रेस बिहादी गाउँपालिका वडा -२बर्राचौरले स्थानीय धनबहादुर विक लाई आरन मेसिन वितरण गरेको छ । नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य गोविन्द पाध्या बिहादी गाउँपालिका बर्राचौरका सभापति वि हरिप्रसाद पराजुली नेपाली काँग्रेस बर्राचौरका सचिव मेख बहादुर कुवर नेपाली काँग्रेस बर्राचौरका पुर्व सभापति हरिप्रसाद पराजुली नेपाल विद्यार्थी संघ बिहादीका सभापति हिमलाल गिरी ( पारस ) लगायतका नेताहरूले बर्राचौरको कुवारी टोल नजिकै रहेको आरन बस्तीका धनबहादुर बिकलाई आरन मेसिन वितरण गरेका हुन् । आरन मेसिनले उनलाइ आर्थिक उपार्जनमा सहयोग होस भन्ने उद्देश्यले मेसिन प्रदान गरिएको सहयोगिहरुले बताएका छन
धनबहादुर बिकलाई आरन मेसिन