किरण भुर्तेल,नवलपुर,भाद्र १४ । नवलपुरमा आज मध्यरात सम्म जारी रहेको निषेधाज्ञा थप नहुने भएको छ।समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारि गरेको थियो।
निषेधाज्ञा जारि रहदा नवलपुरका सम्पूर्ण सरकारी कार्यालय, व्यापार व्यवसाय बन्द भएका थिए।समुदाय स्तरमा कोरोना फैलिने क्रम जारी रहदा पनि प्रशासनले किन निषेधाज्ञा थप गरेन भन्ने प्रश्नको जवाफ दिदै जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख पिताम्बर घिमिरेले कोरोना सङ्गै जिवनयापन पनि सहज बनाउनु पर्ने ,सरकारी काम कारबाही रोकिदा जनसमुदायलाई असर परिरहेको कुरालाइ मध्यनजर गर्दै यो निर्णय गरेको बताए। साथै उनले निषेधाज्ञा थप नभएपनि न्युनतम स्वास्थ सुरक्षा मापदण्ड चाहि पालना गर्नु पर्ने ,अनावश्यक भिडभाड गर्न नपाइने,अनावश्यक हिडडुल गर्न नपाइने,अत्यावश्यक बाहेकका पसल व्यवसाय खोल्न नपाइने , बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयले पनि न्युनतम कर्मचारी व्यबस्थापन गरि कार्यालय संचालन गर्नु पर्ने कुरा बताएका छन।
नवलपुरमा निषेधाज्ञा थप नहुने, जनस्वास्थ सुरक्षा मापदण्ड पालना गरिने