कावासोती,भाद्र १७। कावासोती नगरपालिकको विपि चोकमा करेन्ट लागेर कावासोती -९ का लक्ष्मी प्रसाद महतोको मृत्यु भएको छ। ४० वर्षीय उनलाइ कावासोती २ का कमल प्रसाद पौडेलको घरमा ट्रस्ट लगाउने क्रममा करेन्ट लागेपछी नवलपुर हस्पिटल लगिएको थियो । करेन्ट जस्ता पाताले बिजुलीको तारलाइ छुदा लागेको हो । हस्पिटलका चिकित्सकले उनलाइ मृत घोषित गरेको जिल्ला प्रहरीले कार्यालय नवलपुरका डिएसपी मोहन खाणले जानकारी दिएका छन। महतोको शव अहिले पोस्टमार्टमका लागि मध्यविन्दु हस्पिटल डण्डा पठाइएको उनलेे जानकारी दिए।
करेन्ट लागेर कावासोतीका एकजनाको मृत्यु