किरण भुर्तेल ,नवलपुर,भाद्र २१। हुप्सेकोट गाउपालिका वडा न ४ कि डेढ महिनाकी एक सुत्केरी महिला हाइमती लुङ्गेलीको हिजो चितवन मेडिकल कलेजमा मृत्यु भएको छ। जोरो तथा स्वासप्रश्वास्को समस्याको कारणले हिजो कावासोती जीवन सिटि हस्पिटलमा उपचारको लागि ल्याइएको उनलाइ कावासोतीमा उपचार सम्भव नभएपछी उनलाइ चितवन रिफर गरिएको थियो।
करिब ४ बजेतिर कावासोतिको जीवन मेडिकलबाट चितवन रिफर गरेको उनलाई राती १० बजे चितवन मेडिकल कलेजले मृत घोषणा गरेको थियो। सामान्य अवस्थामा ल्याएको बिरामिको मृत्यु भएपछी घटना संकास्पद भएको भन्दै मृतकका आफन्त तथा हुप्सेकोट ४ का स्थानीयले छानबिनको माग गरेका छन।बिरामी हेरेका जीवन सिटि हस्पिटलका डक्टर गोपाल कंडेलले उहाँ केही दिन अघिबाट बिरामी भएर औसधि चलिरहेको र उहामा जोरोको समस्या देखिएपछि सिटामोल इन्जेक्सन दिएको र पछि स्वासप्रस्वासमा समस्या देखिएपछि अक्सिजन सहित चितवन हस्पिटल रिफर गरेको र उतै उपचारको क्रममा मृत्यु भएको बताए।
उनको मृत्यु हस्पिटलको लापरबाही भन्दा पनि रगतमा एसिडको मात्रा कम भएको र स्वासप्रस्वासमा समस्या भएर मृत्यु भएको हुन सक्ने कंडेलले बताए।घटनाबारे अहिले स्थानीय ,प्रहरी र हस्पिटलका बिचमा छलफल चलिरहेको छ।
कावासोती बाट चितवन रिफर गरिएको सुत्केरी महिलाको चितवन मेडिकल कलेजमा मृत्यु