एलिना केसी देवचुली, देवचुली नगरपालिकाले आज रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेकोे छ । नगरपालिकाको बिपत व्यवस्थापन समितिको बैठकले एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । नवलपुरमा कोरोना संक्रमितको संख्या बढदै गएपछि समितिले यस्तो निर्णय गरेको हो । सो बारेमा जानकारी गराउँदै देवचुली नगरपालिकाका प्रवक्ता क्याप्टेन डिल बहादुर खत्रीले कोरोना प्रकोप दिनानुदिन बढिरहेकाले अत्यावश्यक बाहेक सबै सेवा तथा व्यवसाय बन्द गर्ने बैठकले निर्णय गरेको बताए । जसमा खाद्यन्न पसलहरु, दुधजन्य, तरकारी पसल लगायत अत्यावश्यक पसलहरु बिहान ७ बजे देखि १० बजे सम्म र बेलुकी ५ बजे देखि ७ बजेसम्मका लागि मात्र खोल्ने र अन्य पसलहरु, बैंक तथा वित्तीय संस्था, कार्यालय र राजमार्ग बाहेक कुनै पनि सवारीसाधनहरु चलाउन नदिने निर्णय गरिएको खत्रीले बताए । देवचुलीमा होल्डिड्ड सेन्टर पोइन्टको आवश्यकता परेकाले ३ दिन भित्र दलदले अस्थाई प्रहरी पोष्ट अगाडि होल्डिड्ड सेन्टर पोइन्ट तयार गरेर बाहिरबाट आउने व्यक्तिहरुलाई उक्त सेन्टरमा राख्ने समेत जानकारी खत्रीले जानकारी दिएका छन ।
देवचुली नगरपालिकामा आज देखि निषेधाज्ञा !