कावासोती ,श्रावण ३२।नारायणी नदिमा डुबेर एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यविन्दु ३ रतनपुरका अन्दाजी ६३ वर्षिय पशुपति खनाल रहेको नवलपुर प्रहरीले जनाएको छ । करिव दिउसो २ बजे नारायणी पारी भैंसी चराएर डुङ्गामा फर्कने क्रममा डुङ्गा डुबेर खनाल बेपत्ता भएका हुन् । उनि संगै गएका इन्द्र प्रसाद धामी,योगधान धामी र राम बहादुर बोटे गरि ३ पुरुषको शकुसल उद्धार गरिएको र बेपत्ता खनालको खोजी कार्यजारी रहेको प्रहरीले जानकारी गराएको छ।
नारायणीमा डुबेर एक बेपत्ता