न खस थिए शिबजी न आर्य नै थिए जनजाती रहेछन चाम्लिङ पत्ता लगाए
शिबजी खेलेका खोल्सा खोल्सि घुमेर इतिहास खोतले सबैसबै पत्ता लगाए।
नागको माला,बाघको छाला लगाउन बाघको शिकारको कथा पत्ता लगाए।
गुफागुफा घुमे उनी घुमे सबै हलेसिमा डम्फु बजाएको इतिहास पत्ता लगाए।
मार्क्सबाद,लेनिनबादलाइ गिज्याउने नयाँ बाद चाम्लिङबाद पत्ता लगाए।
न खस थिए शिबजी न आर्य नै थिए जनजाति रहेछन चाम्लिङ थर पत्ता लगाए।
सि.एम.कंडेल कावासोती-१,मुनाल चोक (कोइलापानी) नवलपरासी पुर्ब