उत्तम कुमार थापा बझाङ
नेपाल स्वयंसेवक सँघ युवा सँगठन बझाङले वृक्षारोपण कार्यक्रम गरेको छ । जिल्लाकाे सदरमुकाम चैनपुरमा रहेको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ काे भुभागमा स्वयंसेवक सँगठन बझाङले वृक्षारोपण गरेको हाे ।
सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा अविरल बर्षाकाे कारण बाढिपहिराे जाने उच्च जाेखिम बढेको कारण युवाहरुले समाजमा सकृयता देखाएको र समाजमा घटेका ठुलाठुला घटनामा सघाउने जिल्ला कमिटी बझाङकि अध्यक्ष भुमिका कुवरले बताइन । संघले ८० वटा विरुवा राेपेकाे छ । बाढिपहिराेकाे जाेखिम भएको वस्तिमा बाेटहरु राेपेकाे सदस्य निर्मला भण्डारीले बताइन ।

कार्यक्रममा युवा संघठनका सबै पदाधिकारी र जयपृथवी नगरपालिकाको मेयर लगायत सराेकारवालाहरुकाे उपस्थितिमा रहेको थियो ।