नवलपुर,असोज ८। निरन्तर रुपमा वर्षा भएर नारायणी नदिको पानीको सहतले खतराको सुचक पार गरेपछी मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले खासगरी नारायणी नदिको आसपासमा रहेका आफ्ना नगरबासिलाइ हतोत्साहित नहुन आग्रह गर्दै सुरक्षीत तथा सचेत रहन अपिल गरेका छन। उनले भनेका छन ... आदरणीय नगरवासि दाजु तथा दिदिबहिनिहरु : बुधबारदेखि निरन्तर वर्षा भएपछि नारायणीमा पानीको बहाब बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार देवघाट क्षेत्रमा नदीको सतहले खतराको तह पार गरिसकेको छ भने नारायणगढ क्षेत्रमा सतर्कताको तह पार गर्दै खतराको तहतर्फ उन्मुख भएको छ भने गिरुवारी र अरुणखोला लगायतका साना खोलाहरुको आकार पनि ठूलो हुँदै आएको हुनाले नारायणी नदी हाम्रा लागी खतरा बनेको छ । देवघाट क्षेत्रमा पानीको सतह ८.३ मिटरमा पुगेको छ। जबकी ७.३ मिटरलाई सतर्कता तह र ८ मिटर पुगेमा खतराको तह मानिन्छ। नारायणगढको UHG पुल्चोकस्थित नारायणी नदीको पुलमा पानीको सहत ११.३ मिटर पुगेको छ। ११ मिटरलाई सतर्कताको तह मानिन्छ। यहाँ पानीको सतह खतराको तहतर्फ उन्मुख भइरहेको छ। पानीको सतह निरन्तर बढ्दै गएको हामिले प्रत्यक्ष देखेका छौ। निरन्तर वर्षासँगै बाढीको संभावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नुहुने विशेष गरी मध्यबिन्दु - २, ३, १५ र १२ का दाजु भाई तथा दिदीबहिनीहरूलाई सतर्क रहन र साथै पहिरोको जोखिम पनि उत्तिकै रहेकाले मध्यबिन्दु - १३ र १४ मा जोखिमपूर्ण बसोबास गर्नुहुने नगरवासिहरुलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण भै सुरक्षित हुन आग्रह गर्दछु। नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल्, रेड्क्रस नेपाल सङ्ग सहकार्य गर्दै मध्यबिन्दु नगरपालिका हुन सक्ने सम्भावित जोखिमलाई टार्न तैयारी अवस्थामा बसेको जानकारी समेत गराउन चाहान्छु, साथै यस बिपदको समयमा जनप्रतिनिधि ज्यूहरु, सामाजिक संघसस्था, सामाजिक व्यक्तित्वहरु, नगरवासि सम्पूर्णमा सचेत्, सुचेत र कृयाशिल भै सम्भाबित दुर्घटना टार्नका लागी हातोमालो र सहयोगको लागी हार्दिक अपिल गर्दछु। हतास र विचलित नबनौ, सचेत रहौ, धन्यवाद ।
सतर्क तथा सुरक्षीत रहन मध्यविन्दु प्रमुख रानाको अपिल