मान्छेको खोजी
असमानता छ
र राजनिती छ
राजनिती छ
र असमानता छ
अब्यवस्था छ
र ब्यवस्थापिका छ
ब्यवस्थापिका छ
र अब्यवस्था छ
अन्याय छ
र न्यायालय छ
न्यायालय छन
र अन्याय छ
अज्ञान छ
र शिक्षाको मन्दिर छ
मन्दिर छ
र अज्ञान छ
शिक्षालय छन
र शिक्षक छन
रोगी छन्
र चिकित्सक छन
श्रम छ
र सिर्जना छ
सिर्जना छ
र लुट छ
सौन्दर्य छ
र लुटपाट छ
संवेदना छ
र कवि छन
कविता छ
र कवि छन
मन्दिर छ
र पुजारी छन
प्रेम छ
र प्रणय छ
आदि छ
र अन्त्य पनि छन
अन्त्य छ
र आदि छन
तर
अजम्बरी जस्तै
दुई सार्वभौम तत्व छन् - बजार
र सत्ता ।
यी सबै हुनु भित्र
हराएको एक अस्तित्व छ -
त्यो हो "मान्छे "
- जीवन युगीन
नवलपुर