#गजल
मालिक ! यत्रो सपना नदेखाइ दिनुस्
हामी रैती थियौँ, रैती नै बनाइ दिनुस्
बिग्रिएको त हजुरको अनुहार पो हो
यसरी बारबार ऐना नफुटाइ दिनुस्
गरिबको मन आखिर चङ्गा जस्तो भो
धागो काटिदिनुस् अनि उडाइ दिनुस्
भव्य महल सजिनबाट नरोकियोस् है
छेउमै छन् यी झुपडी भत्काइ दिनुस्
यो मान्छेको बस्ती रहेनछ,थाहा भयो
सिंह पाल्नुस्, गाउँगाउँ डुलाइ दिनुस्
सत्ता, शक्ति र समय सधैँ रहन्न हजुर
पैसा खानुस्, पैसा नै ओच्छाइ दिनुस्
सरोज उजाड
नवलपुर , नेपाल