"मलाई मृत घोषणा गरिदेउ "
अचेल मेरा मस्तिष्कले
काम गर्न छाडिसके
मेरो हृदय मानवता
बिर्सदै गएको छ
धड्कनहरु तिव्र गतिमा
बढिरहेका छन्
श्वासहरु एकाएक
फुलिरहेका छन्
जीवन देखि आजित
भएको मेरो शरीर
जिउँदो लास शिवाय
केही सामर्थ्य राख्दैन
देखेर पनि सारा कुरा
अन्धो भएको छु
सुनेर बिलाप अनि
चीत्कार बहिरा भएका
छन कानहरु चैत मासको हुरिले
बढारेको धुलो जस्तै
दुर्गन्धित बनेका छन
भावनाहरु बर्षे यामको भेल जस्तै
धमिलो भएको छ मन
स्वप्न र कल्पनामा
जिवन व्यतीत गर्न बाहेक
अरु साहस जुटेको छैन
सहारामा कतिन्जेल बाँच्न
सकिन्छ र ?
मगमगाउने फुलहरुमा
दुर्गन्ध महसुस गर्छु
मेरै छाती टेकेर
उफ्रदै गरेको यो समय
देखि भासिदै गएको छु
आफ्नै आफ्ना भन्नेहरुबाट डर
लागिरहेको छ
अहिले सम्मका मेरा
साहास र हिम्मत एकाएक …
थाकिसकेका छन
मरिसकेका छन
साच्चै हारिसकेको छु
म अब कुनै अदम्य
साहस छैन म मा
कि म फेरि पुनः जिवित हुन सकुँ
मलाई पैतालाका पदचावहरुले
थिचेर कुल्चेर नाङ्गा नाच नाचिरहेको छ
समय हो !
म बाचेर पनि मरिसकेको छु
बाकिँ छ त सिर्फ
मलाई मृत घोषणा गर्न
हे मेरो प्रीय शुभचिन्तक
समय अब
मलाई मृत घोषणा गरिदेउ .......।
- दामोदर अधिकारी 'अबिद'
कावासोती नवलपुर