यो मान्छेले आफ्नो मात्र भलो चाहदो रहेछ साच्चै उकालो भन्दा ओरालो चाहदो रहेछ अरुको जिन्दगीको अध्यारो सोचिरहने उस्ले आफ्नो सफरमा भने उज्यालो चाहदो रहेछ दुश्मनको गासमा ढुङ्गा पर्दा रमाउने हर्कत गर्ने ऊ सधैं आफ्नो भागमा मसिनो, कमलो चहदो रहेछब मेरो सधेरिले मेरो खेतको आलि रोज कोट्याउछ मेरो सकियोस् उस्को फराकिलो चाहदो रहेछ पराइले त मरेर गएनि केहि हुन्न भनि ठान्नेले आफ्नो चेहरा निरन्तर हसिलो चाहदो रहेछ सुदीप बिश्वकर्मा कावासोति-१ नवलपरासी पुर्ब
गजल - सुदिप विश्वकर्मा