आमाका चुडिएका चप्पलले कथा बिर्सेका छैनन् बुवाका फुलेका कपालले कथा बिर्सेका छैनन् तिमि रङ्गहरुको रंगमञ्चमा जति रंगिन खोजेपनि गाउँका झुत्रा मखमलले कथा बिर्सेका छैनन् तिमिलाइ पढाउन छिमेकीसङ ऋण लिएको हो जरुर तिर्नु! साहु अन्कलले कथा बिर्सेका छैनन् उहाँ त सधैं सरकारमा बस्ने मान्छे पर्नु भो मेरो घरमा अनिकालले कथा बिर्सेका छैनन् कति धौधौ थियो बाबु दुख पिडाका कहानीहरु बाकी अनेकौं सवालले कथा बिर्सेका छैनन् ✍️सुदीप बिश्वकर्मा, कावासोती-१ ,नवलपरासी पुर्ब
गजल - सुदिप विश्वकर्मा