म सास हु कि शरीर सोचिरहन्छु । जिन्दगी के रैछ आखिर सोचिरहन्छु।
उनको सिउदोमा सिन्दुर देखे अब खुशी मनाम कि पिर सोचिरहन्छु।
छ सबै कुरा छ, छैन केही छैन म अमीर हु कि फकिर सोचिरहन्छु ।
मेरो आखामा हरपल नाचिरहने तिमी स्वयं हौ कि तस्वीर सोचिरहन्छु ।
अब एउटा घडेरी किन्नुछ अन्तिम पटक के भाउ पर्ला नदिको तिर सोचिरहन्छु ।
@दीपक भट्टराई,कावासोती- ५