फूलको जवाफ पनि ढुङ्गा भएको छ
क्या जमाना थियो क्या जमाना भएको छ
बुहारी ज्युदै जलाएको खबर नछाप्नु
छोरिको बिहे गर्ने बेला भएको छ
हिटलरको देशमा झन् के भएको होला?
बुद्धको देशमा त हिंसा भएको छ
मन्दिर गएको मान्छे ढुङ्गा भएर फर्कियो
ढुङ्गा मन्दिर गएर देवता भएको छ
हिजो एकअर्का बिना नबाँच्ने कसम खायौं
आज दुबैको ज्यान जाने खतरा भएको छ
नकुल पौडेल देवदह-२, रुपन्देही हाल ,युएई