बिनोद आचाार्य,भाद्र ११ सुनसरी : महामारीको समयमा खाना खान धौ धौ परेका वर्ग छनोट गरि साबिक सिगिंया ७ र हाल रामधुनी ३ का युवा एक जुट भइ सबैले एक पेट खान पाउनुपर्छ भन्दै अभियान सुरु गरेका छन् । बिश्वभर महामारीको रुपमा फैलिएको कोरना भाइरसकाले गर्दा नेपाल सरकारले विभिन्न चरणमा लगाएको लकडाउनका कारण धरैले रोजिरोटी गुमाउनु परेको भन्दै स्थानीय युवाले घर दैलोमा गइ सहयोग स्वरुप आर्थिक तथा जिन्सी सामाग्री संकलन गरि रामधुनी ३ मा रहेको अति बिपन्न ३१ जना लाई खाद्यन्य सामाग्री उपलब्ध गराउन उदेश्यले यस प्रकारको अभियान सुरु गरिएको हो ।
रामधुनी ३ का ८ वटा टोल विकास समितीमा रहेका अति बिपन्न परिवारले दैनिक छाक टार्न गारो भएको खवर प्रप्त भएको र कुनै निकायले पनि चासो नदिएको भनि युवाले एक छाक सबैले खान पाउनै पर्छ भन्दै स्थानीयसँग सहयोग मगेका थिए । विपन्न वर्ग भोकभोकै बस्नु पर्ने अवस्थामा युवाले निःशुल्क खाद्यन्नको संकलन गरि वितरण गर्नेे अभियानकर्ता रामधुनी ३ का युवाहरुले जानकारी दिए । स्थानीय स्तरवाट संकलन गरिएको राहत टोल बिकासका अध्यक्षको सिफारिसमा अतिनै बिपन्न परिवार छनोट भइसकेको र भाोलि बाट राहत वितरण सुरु गरिने भएको छ । सहयोग गर्न मनहुनेहरुले हरेक दिन बिहान ७ बजे रामधुनी ३ हाट खोलामा आइ सहयोग गर्न सक्ने आभियनकर्ताहरुले जानकारी दिए ।
रामधुनिका युवाले सुरु गरे 'सबैले एक छाक खान पाउनुपर्छ ' अभियान