एलिना केसी, देवचुली
देवचुली नगरपालिकाका थप १२ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरामा असोज १८ गतेको कोभिड १९ को पिसीआर परिक्षणको दोस्रो रिपोर्टमा १२ जनाको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । संक्रमित व्यक्ति देवचुली नगरपालिका वडा नं २ का ७९ बर्षिय १ जना पुरुष, वडा नं ६ का २५ बर्षिय १ पुरुष, वडा नं ११ का २० बर्षिया महिला, ८ बर्षिय बालक, २४ बर्षिय पुरुष गरि ३ जना, वडा नं १२ का ४४ बर्षिया १ महिला, वडा नं १३ का १४, ३६ बर्षिया महिला, ५५, ६१ बर्षिय पुरुष गरि ४ जना, वडा नं १५ का ५२ बर्षिय १ पुरुष, वडा नं १७ का ५६ बर्षिय १ पुरुष गरि जम्मा १२ जनामा संक्रमण पुष्टि भएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

हाल सम्म देवचुली नगरपालिकामा २ सय ५ जनामा संक्रमण पुष्टि भएको छ भने १ सय २७ जना निको भएर घर फर्किएका छन् र २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।