उत्तम कुमार थापा, बझाङ । जिल्लाकाे छविस पाथिभरा घर भएका नरेश रावलले आफ्नो ज्यान बचाई दिन अपिल गरेका छन ।उनले अरुकाे दुखमा साथ दिदा दिदै आफ्नाे खुसि कता छुट्याे छुट्याे भन्दै सबै नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई सहयाेग गरिदिन अनुराेध गरेका हुन । रावल छविस पाथिभरा गाउँपालीका घरभै हाल व्याङराेलमा क्यान्सरकाे उपचारका क्रममा रहेका छन।उनले भने ,"मेरो बुबा हुनुहुन्न, आमा भाईबहिनी छन, मलाई क्यान्सर भएको छ । उपचार गर्दा गर्दा २० लाख बढी खर्च भैईसकेकाे छ।अझै करिव २० लाख जति उपचार लाग्छ कृपया सबैले सहयोग गरिदिनु होला।" क्यान्सर पिडित रावल अहिले भर्खरै २५ वर्षका छन । उनी विगत २ बर्ष देखि क्यान्सर जस्तो प्राणघातक राेग सँग लडिरहएको उनका आफन्तले बताए । सहयाेग गर्न चाहने दाजुभाइले ,दिदिबहिनीहरुले पिडित नरेश रावलकाे NIC ASIA BANK BAJHANG को खाता नं B 387737984524001 मा बचत गर्न पनि रावलले अनुरोध गरेका छन।
अफुलाइ बचाईदिन क्यान्सर पिडित रावलको अनुरोध