असोज २८, नवलपुर। बिश्व हिन्दु युवा संघको केन्द्रिय कार्य समिती बिभाग बिस्तार भएको छ। ऋषीकेश जंग शाह अध्यक्ष रहेको बिश्व हिन्दु युवा संघ नेपाल (दर्ता न ३३८) ले आफ्नो बिधानको परिच्छेद ७ दफा २० घ को अधिनमा रहि स्वदेश र बिदेशमा रहेका युवालाइ समेटी संघठनको केन्द्रिय समिती बिस्तार गरेको एउटा बिज्ञप्तिमा उल्लेख गरेका छन।
विभिन्न जिल्लाबाट संयोजक मनोनयन गर्ने क्रममा नवलपुर कावासोती निवासी युवा ब्याक्तित्व लक्ष्मण रिजाललाई बिश्व हिन्दु युवा संघ नवलपुरको संयोजकमा मनोनीत गरिएको हो। रिजाल हिन्दु धर्ममा आस्था राख्ने र लामो समयदेखि हिन्दु धर्म को संरक्षकमा सक्रिय रहेका थिय। जिल्लाकै संयोजमा चयन भयकोमा अत्यन्तै खुसी लागेको भन्दै आफ्नो जिम्मेवारी पूरा गर्न कुनै कसर बाकी नराख्ने रिजालले बताए।
बिश्व हिन्दु युवा संघको केन्द्रिय समिति गठन ,नवलपुरको संयोजकमा रिजाल मनोनीत