नवलपुरमा गैंडाको आक्रमणमा परि एकजना घाइते भएका छन।हिजो राती मध्यविन्दु नगरपालिका–२, सेहरीको सडकमा हिड्दै गर्दा गैडाको आक्रमणमा परी एकजना घाइते भएका हुन।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सेहरिमा बस्ने ४५ वर्षीय रेशमलाल महतोलाई राति करिब १० बजेर ४५ मिनेट जादा बाटोमा हिँडिरहँदा एक्कासी गैडाले दुबै खुट्टामा आक्रमण गरि घाइते बनाएको छ। घाइते महतोको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।