प्रेम न्यौपाने २०७७ असोज २० गते कावासोती । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र नवलपुरको प्रथम बैठक मंगलबार कावासोतीमा सम्पन्न भएको छ । बैठकले लोकतान्त्रिक अभ्यासमा समाजमा भए गरेका सकारात्मक र नकारात्मक दुबै पक्षको अध्ययन र अनुसन्धान गरि समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्िगक तथा क्षेत्रीय विसमता र भेदभावको अन्त गर्न पहल गर्ने निर्णय गरेको छ । बैठकमा गतिशील र लोकतान्त्रिक समाजबादी समाज निर्माण गर्न जनचेतना अभियान तथा क्षमता विकासका प्रशिक्षण कार्यक्रमहरु सन्चालन गर्ने तथा अनुसन्धान एवं सूचनामुलुक पुस्तक लेखरचना प्रकाशित गर्ने विषयमा छलफल भएको अध्ययन केन्द्रका अध्यक्ष खड्क बहादुर कमालले जानकारी दिए । समाजमा दिगो शान्ति कायम गर्न विविध कार्यक्रमहरु सन्चालन गर्ने र सुशासन, मानवअधिकार, नेतृत्व विकास,लैङ्िगक संवेदनशीलता, जनशक्तिकरण, संघीय तथा स्थानीय स्वायत्त शासन,योजना व्यवस्थापन लगाएतका क्षेत्रमा अध्ययन अनुसन्धान गरि नीतिगत तहमा पृष्ठपोषण गर्दै सो अनुसारको कार्यक्रममा सहयोग पुर्याउने अध्ययन केन्द्रको मुख्य उद्देश्य भएकाले सोही अनुरुपका कार्यक्रमहरु अगाडि बढाउने विषयमा बैठक केन्द्रित रहेको केन्द्रका सचिव केशव प्रसाद कंडेलले जानकारी दिए । बैठक सामाजिक लोकतन्त्र अध्ययन केन्द्र नवलपुरका अध्यक्ष खड्क बहादुर कमालको अध्यक्षता एवं नेपाली कांग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्र नवलपुरको प्रथम बैठक सम्पन्न