एलिना केसि देवचुली। देवचुली नगरपालिका वडा नं ३ केउरेनीमा रहेको दिव्यपुरि खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ४ लाख ५० हजार लिटरको खानेपानी ओभरहेड ट्यांकीको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश सरकारको ३१ करोड ७० लाख लागतमा ओभरहेड ट्यांकी निर्माण, कम्पाउण्ड र १९ किलोमिटर पाईप लाईन विस्तार गरिने दिव्यपुरि खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष तिल प्रसाद पाठकले जानकारी दिनुभयो । एक महिना भित्र टयांकी उद्धाटन गर्ने र १९ किलोमिटर पाईप लाईन विस्तारलाई तत्काल सुरु गर्ने पाठकले बताउनुभयो । करिब ३ हजार उपभोक्ता रहेको साविक दिव्यपुरिको ५ वटा वडामा गरि हाल सम्म २ हजार २ सय उपभोक्ता रहको र ट्यांकी निर्माण पछि ३ हजार उपभोक्ता पु¥याउने लक्ष्य रहेको पाठकले बताउनुभयो । टयांकी २०७६ भदौ २९ गते शिलान्यास गरिएको थियो । ठेक्का सम्झौता १८ महिना रहेको तर कोरोनाको कहर बन्दाबन्दीको समयमा पनि काम भईरहेकाले १ बर्ष भित्र नै टयांकी निर्माण सम्पन्न हुन लागेको पाठकले बताउनुभयो । ओभरहेड ट्यांंकी उद्धाटन मात्र गरेर सेवाग्राहीहरुलाई सेवा नपुग्ने बताउँदै पानी पु¥याउन पाईप लाईन विस्तार गर्न करिब ६ महिना लाग्ने जानकारी गराउनुभयो । अन्य खानेपानी समिति भन्दा दिव्यपुरि खानेपानी समितिले बर्खा हिउँद जुनसुकै समयमा पनि मुहानबाट जडिबुटी सँग ठोकिदैँ आएको सड्डलो पानी वितरण गर्दै आईरहेको बताउनुभयो । ओभरहेड ट्यांकी निर्माण पश्चात दिव्यपुरि खानेपानी समितिका उपभोक्ताहरुलाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउने पाठकले बताउनुभयो ।
दिव्यपुरि खानेपानीको ओभरहेड ट्यांकी निर्माण अन्तिम चरणमा