मनोज कुर्मी, रुपन्देही । प्रदेश ५ को राजधानी रुपन्देहीबाट दाङ लैजाने प्रस्तावको विरुद्धमा रुपन्देहीका विभिन्न ठाउँ, चोक र सहरमा बिहानैदेखि बिरोध प्रदर्शन भइरहेको छ ।
प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी राख्न शुक्रबार प्रदेश सभामा पेस भएको प्रस्तावको विरोधमा भैरहवाको देवकोटा चोक, धकधई, देवदह, बुटवल, भलवारी, मणिग्राम, सैनामैना, बेथरी, लुम्बिनी लगायत रुपन्देही जिल्लाभर एकाविहानै देखि आन्दोलन भइरहेको हो ।
राजधानीको विषयलाई लिएर असन्तुष्ट जनाउँदै प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न राजनीतिक पार्टी तथा संघसंस्थाद्वारा विरोध प्रदर्शन गरिएको हो ।
नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य दिपक पौडेलले यो विरोध प्रदर्शनले माग पुरा नभए, पछि योभन्दा पनि सशक्त कडा आन्दोलनमा उत्रिने बताए । जनसंख्याको हिसाबले होस् या निर्माण हुँदै गरेको गौतमबुद्ध विमानस्थल होस्, सबै हिसाबले प्रदेश ५ को राजधानी उपयुक्त रहेको बताए । तस्बिरहरु :




