श्रावण ३२ पाेखरा । लकडाउन खुकुलो भइसकेको अवस्थामा समुदायस्तरबाटै कोरोना संक्रमित भेटिन थालेपछि महानगर नै सिल गर्ने गरी लागिरहेको पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताएका छन् । ‘यहीबेला चाडबाड पनि नजिक आउन थालेको छ । बजारमा चहलपहल बढ्दै जाँदा कोरोना संक्रमणको जोखिम झनै बढेको छ,’ उनले भने, ‘आज (आइतबार) मात्रै सर्वदलीय बैठक बसेर लकडाउन कडा रुपमा अघि लैजाने सल्लाह भएको छ । सायद २/३ दिनमै लकडाउनलाई कडाइ गर्छाैं होला ।’ मेयर जिसीले महानगरलाई तत्काल सिल नगरे कोरोना समुदायस्तरमा झन् फैलिने र त्यसले महानगरलाई नै हानी गर्ने बताएका छन ।
समुदायमा कोरोना संक्रमित भेटिएपछी पाेखरा महानगर सिल गरिदै