कास्की ,पोखरा महानगरपालिका वडा नं. १९ मा फेरि ४ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार साँझ कोरोना पुष्टि भएका यी ४ जना नै महिला हुन् । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए ।
यसअघि संक्रमण देखिएका ६ जनाको सम्पर्कमा आएका ४ जनामा कोरोना देखिएको उनले बताए । यसअघि पोखरा १९ मा एक जनाको कोरोनाबाट ज्यान गइसकेको छ ।
पोखरा १९ ले साँझ अपिल प्रकाशन गरी वडामा यातायात बन्द, अत्यावश्यकबाहेक अरु बन्द सेवाका सवारी बन्द गर्न आग्रह गरेको छ । अत्यावश्यक सेवाका लागिमात्र वडा कार्यालय खुल्ने जनाइएको छ ।