पोखरा, ३ भदौ । पोखराको पार्दीमा रहेको शसस्त्र प्रहरी गणमा कार्यरत १६ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ । स्याङजामा डिउटी गरेर फर्किएको टोलीलाई कोरोना संक्रमण देखिएको हो । २९ जनाको स्वाब परीक्षण गर्दा १६ जनामा कोरोना देखिएको पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आर्चायले जानकारी दिए । उनीहरु २४ देखी ३६ बर्ष उमेर समुहका रहेका छन् । उनीहरु स्याङजाबाट फर्किए देखि नै क्वारेन्टिनमा बसेका थिए । गण्डकी प्रदेशमा बुधबार साझँ बागलुङका ८ जना र कास्कीमा १६ जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । यो सगँ गण्डकी प्रदेशमा १ हजार ८ सय १२ जनामा कोरोना पुष्टि भएको छ ।
पोखरामा १६ जना प्रहरीमा कोरोना संक्रमण