असोज ९ ,नवलपुर। नवलपुरमा महाअभियान हरेक दिन एक मुठी दान सामाजिक अभियानको पहलमा तथा विभिन्न सामाजिक संस्थाहरु JCI नवलपुर,हेल्प अर्गानाइजेसन,ड्याड नेपाल,हाम्रो संसार,कोइलापानी पोलस्टार क्लबको सहकार्यमा संचालित फुड बैंक कार्यक्रम निरन्तर रुपमा संचालन भएको छ।हुनेले दिएर जाउ ,नहुनेले लिएर जाउ भन्ने नारा सहित सुरु गरिएको फुड बैंक कावासोतीमा लगातार ९ दिनसम्म संचालन भएको थियो भने त्यसपछी डण्डामा र आज अरुणखोलामा गरिएको छ।
एकै ठाउमा संचालन गर्दा टाढाबाट खाद्यान्न सामाग्री लिन आउन कठिन हुने तथा कतिपय अवस्थामा दोहोरिन सक्ने समस्या भएको हुदा कार्यक्रम हरेक हप्ताको शनिबार फरक फरक चोकमा गर्न लागिएको फुड बैंकका संयोजक किरण भुर्तेलले बताए।लगातार ९ दिनसम्म कावासोतिमा संचालन भएको फुडबैकबाट ८७२ घरपरिवार,जिल्लाका ९ जना संचारकर्मी तथा डण्डामा संचालन गरिएको फुड बैकबाट ३५ जना र अरुणखोलाको कार्यक्रमबाट १२० घरपरिवारले खाद्यान्न प्राप्त गरेको अभियान्ता ओमकार घिमिरेले जानकारी दिए।फुडबैंक सङ्गै संचालन भएको मास्क बैंकबाट हालसम्म २२०० बढी मास्क बितरण भएको उनले बताए ।
भौतिक दुरि कायम गरेर संचालन भएको कार्यक्रम भ २ देेखि ४ बजेसम्म अरुणखोलामा संचालन गरिएको र त्यसलगत्तै जिल्ला विभिन्न प्रमुख चोकहरुमा क्रमश संचालन हुने फुडबैंक अरुणखोलाका संयोजक बासु कोइरालाले नवलपुरका जानकारी दिएका छन।स्थानीय समाजसेवी बिमल न्यौपानेको विशेष पहल तथा सहयोगमा अरुणखोलामा भएको फुडबैंकको संयोजन स्थानिय रुपमा अभियान्ता बासु कोइरालाले गरेका थिए भने नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था र मौलाकालिका लायन्स क्लब सह-आयोजकका रुपमा सहकार्य गरेका थिए।
हालसम्मको कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको महसुस गर्दै र जिल्लाका विभिन्न ठाउबाट आएको अनुरोधलाई स्विकार्दै कार्यक्रमलाई नवलपुरका थप मुख्य चोकहरुमा समेत संचालन गर्न लागिएको संयोजक किरण भुर्तेलले बताए।साथै अबको कार्यक्रम यहि आउने शनिबार दुम्किबास बजारमा संचालन हुन लागेको र उक्त कार्यक्रमको संयोजन स्थानीय रुपमा दिल जंग रायमाझीले गर्ने भुर्तेलले जानकारी दिए।