काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपरकिंग्सलाई २१७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउदै २१६ रन बनाएको हो । राजस्थानका लागि सन्जु सामसनले ३२ बलमा ७४ रन बनाएका थिए । सामसनले एक चौका र ९ छक्का प्रहार गर्दै ७४ रन बनाएर आउट भएका थिए । त्यस्तै राजस्थानका कप्तान स्टिभ स्मिथले ४७ बलमा ६९ रन बनाए । त्यस्तै जोफ्रा आर्चरले अविजित८ बलमा २७ रन बनाएका थिए भने त्यस्तै टम कुरानले १० रन बनाएका थिए । राजस्थान रोयलको इनिंगमा ब्याट्सम्यानले कुल १७ छक्का प्रहार गरेका थिए । चेन्नईका बलर साम कुरानले ३ विकेट लिए भने दिपक चहर, लुंगी इंगिडीर पियुष चावलाले एक एक विकेट लिएका थिए । यस आइपिएलमा चेन्नईको दोस्रो खेल हो भने राजस्थानको भने पहिलो खेल हो ।
चेन्नाइलाई राजस्थानले दियो २१७ रनको विजय लक्ष्य