काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत १० औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई २०२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको बैंगलोरले २० ओभरमा ३ विकेट गुमाउदै २०१ रन बनाएको हो । बैंगलोरका लागि एबी डिभिलीयर्सले आक्रमक पारी खेल्दै २४ बलमा ४ चौका र ४ छक्कासहित ५५ रन बनाए । त्यस्तै ओपनर द्वय देवदत्त पाडिक्कलले ५४ रन बनाए । पाडिक्कलले ४० बलमा ५ चौका २ छक्कासहित ५४ रन बनाए । त्यस्तै एरोन फिन्चले ३५ बलमा ७ चौका र एक छक्कासहित ५१ रन बनाए । त्यस्तै कप्तान विराट कोहली ११ बलमा ३ रनमै आउट भए भने शिभम दुबेले १० बलमा अविजित रहदै २७ रन बनाए । मुम्बई इण्डियन्सका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए भने राहुल चहरले एक विकेट लिए । यस अघि मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर दुवैले २ खेलमा एक जित र एक हार बेहोरेका छन् ।
मुम्बईलाइ बैङ्गलोरको २०२ रनको लक्ष्य