कावासोती,भाद्र २५ । पुर्वि नवलपरासी (नवलपुर) २ वर्षीय बालक सहित थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराबा क्षयरोग उपचार केन्द्रको ल्याबबाट आएको रिर्पोटमा पाँचजनामा कोरोना संक्रमण देखिएको स्वास्थ निर्देशनालय पोखराले जनाएको छ।
पछिल्लोपटक संक्रमित हुनेहरुमा नगरपालिका १६ का २ वर्षीय बालक, देवचलुी १६ का ४ वर्षीय बालक, कावासोती १६ का ३४ वर्षीय महिला, कावासोती १७ का ३६ वर्षीय महिला, कावासोती ८ का ३५ वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिए । यो सँगै जिल्लामा संक्रमितको संख्या ५७३ पुगेको छ । तीन जनाको निधन भएको जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ३ रहेको छ ।
कावासोतिका दुई बर्षिय बालक सहित नवलपुरमा थपिए ५ संक्रमित