कृष्णनगर । छिमेकी मित्रराष्ट्र भारत सिद्धार्थनगर जिल्लाको बढनी एस.एस.बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंहलाई सम्मान सहित बिदाई गरिएको छ ।
गौरव प्रताप सिंह बढनी सिद्धार्थनगरबाट अरुणाचल प्रदेशमा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको इण्डो नेपाल सामाजिक मंचका सदस्य वृजेश कुमार गुप्ताले जानकारी दिए ।
इण्डो नेपाल सामाजिक मञ्चका अध्यक्ष अकरम पठानले उहाँको कार्यको सरहना गर्दै उज्जवल भविष्यको कामना सहित सफल कार्यकालको शुभकामना दिंदै सम्मान गरेका थिए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष गुरु शरण सिंह (बन्टी सरदार), इण्डो नेपाल सामाजिक मंचका सदस्य प्रितम कशौधन लगायतको उपस्थित रहेको थियो ।