कावासोती । माओवादी केन्द्रको भात्री संगठन अखिल (क्रान्तिकारी) नवलपुरको १७ औं अधिवेशनले आयुष ढकाल उर्जाको अध्यक्षतामा २६ सदस्यीय जिल्ला कार्यसमिति सर्वसहमत रुपमा चयन गरेको छ ।
नवलपुरको कावासोती खानेपानीको हलमा सम्पन्न अधिवेशनले उर्जाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नया समितिमा शिशिर पाण्डे र पारश भट्टराई जिल्ला उपाध्यक्ष ,सचिव गणेश तिवारी र कोषाध्यक्षमा निसा मगर चयन भएका छन् । कार्यसमितिमा वाकी २ जना सहसचिव पछि मनोनयन गर्ने अध्यक्ष ढकालले जानकारी दिएका छन ।
सम्मेलन उद्घाटन प्रमुख अतिथि माओवादी नेता माधव सापकोटाले गरेका थिए।अधिवेशनमा माओवादी केन्द्रका केन्द्रिय तथा जिल्ला नेताहरु तथा अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु सहभागी रहेका थिए।