हुप्सेकोट,चैत्र १२। नवलपुरको हुप्सेकोट गाउपालिकामा पालिका स्तरीय युवा संजाल गठन भएको छ।आज नमुना युवा संसद अभ्यास कार्यक्रम अन्तर्गत हुमन पाण्डेको अध्यक्षता ११ सदस्यीय पालिका युवा संजाल गठन गरिएको हो।
नवगठित समितिको उपाध्यक्षमा रिनु घर्ती ,सचिवमा इन्द्रावती पाण्डे ,कोषाध्यक्षमा सुदर्शन पाण्डे चयन भएका छन भने सदस्यहरुमा क्रमश खुम बहादुर सोमै,रमेश बाबू पाण्डे,पुजा विक,प्रदिप जिसि,सुमित्रा परियार,शेर बहादुर सोति र लक्ष्मी लुइटेल रहेका छन ।
रास्ट्रीय युवा परिषद नवलपरासी बर्दघाट सुस्ता पुर्वको अध्यक्ष टीका भुर्तेलले उपस्थितिमा समिती गठन गरिएको हो।