प्रिय धन , हुप्सेकोट । १९ भदौ २०७७ । जिल्लाको हुप्सेकोट गाउँपालिकामा सङ्कलित नमूना स्वाबकाे आज नतिजा आएको छ । पूर्वी नवलपरासी को हुप्सेकोट गाउँपालिकामा गत भदौ १७ गते सङ्कलित ४६ नमूना स्वाव मध्ये ४० जनाको नोगेटिभ अर्थात् कोरोना नभएको देखिएको छ । शुक्रबार अबेर मात्र नतिजा प्राप्त भएको हुप्सेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिए । गत १७ गते सङ्कलन गरिएको बाँकी ६ वटा श्वावको रिपोर्ट आउन भने बाकी रहेको सापकोटाले जानकारी दिए। हुप्सेकोट गाउँपालिकामा हाल सम्ममा ४२ जना कोरोना भाइरसबाट संक्रमित भएका थिए ती सबै निको भई घर फर्किसकेका छन् ।
हुप्सेकोटको ४० स्वाबको नतिजा नेगेटिभ , ६ को रिपोर्ट आउदै