रन्जीत शर्मा / नवलपरासी/ १७ असोज ।कोरोना भाइरसको प्रकोपले गर्दा दैनिक रगतको अभाव भएको हुनाले , यस बिषयलाई मध्यनजर गर्दै आज बर्दघाट वडा न ०९ मा टिम नेपो नवलपरासीद्वारा नेपाल संयुक्त भुतपुर्व सैनिक कल्याणकारी सस्थाको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
यस कार्यक्रम टिम नेपो नवलपरासीको जिल्ला अध्यक्ष प्रमिला पौडेलको अध्यक्षता तथा बर्दघाट वडा न ०९ को वडा अध्यक्ष चन्द्रकान्त चापागाइको प्रमुख अतिथ्यता एवम अन्य अग्रज समाजसेबि ब्यक्तिहरुको सहभागी रहेको थियोे ।
नेपाल रेड्क्रस सोसाइटी पन्चनगर उपशाखाको आयोजक, नेपाल रेडक्रस सोसाइटी जिल्ला कमिटीको प्राबिधिक सहायता र नेपाल संयुक्त भुतपुर्ब सैनिक कल्याणकारी संस्थाको आर्थिक सहयोग बाट कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रमलाइ अघि बढाउनका लागि नेपाल रेडक्रस सोसाइटि पञ्चनगर उपशाखाका सचिब प्रेम अधिकारी बाट रक्तदान दिएर कार्यक्रमको उद्घाटन गरियो हो। यसै कार्यक्रममा ३० पोका रगत संकलन गरिएको हो । उक्त कार्यक्रमको संचालक टिम नेपो नवलपरासीको उपअध्यक्ष अम्बिका अधिकारीले गर्नुभएको थियो ।