ओखर एक बहुउपयोगी फल हो।स्वास्थको दृष्टिकोणले,व्यवसायीक हिसाबले तथा धार्मिक हिसाबले पनि यो उपयोगी छ।
फाइदाहरु
ओखरलाइ ब्रेन फुडको रुपमा लिइन्छ। यस्ले मस्तिष्कको विकासमा सहयोग पुर्याउछ।स्मरण शक्ति बढाउन यस्को प्रयोग उपयोगी मानिन्छ । भिटामिन इ हुन्छ जसले छाला सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । यसले छालालाई सुन्दर र स्वस्थ राख्नमा मद्दत गर्छ । ओखरमा पोलिफेनोलिक कम्पाउन्ड र फाइटोकेमिकल्स पाइन्छ, जसले शरीर दुःख्ने, पोल्ने, जोर्नीमा जलन हुने आदि समस्याबाट राहत दिन्छ । ओखर विभिन्न भिटामिनको राम्रो स्रोत हो ।
सेवन कसरी गर्ने ?
तपाईंले दुईदेखि तीनवटा ओखर राती भिजाएर राख्नुहोस् र बिहान भएपछि यसको सेवन गर्नुहोस् । यसैगरी तपाईं यसलाई बिहान ओट्समा मिसाएर पनि खान सक्नुहुन्छ । – कतिले ओखरलाई भुटेर त्यसलाई स्न्याक्सको रुपमा पनि खाने गर्छन् वा तपाईं सलादको रुपमा पनि ओखरको सेवन गर्न सक्नुहुन्छ ।