मुक्तिराम पौडेल (राजु) नवलपरासी सुनवल-पछिल्लो साताबाट नेपाल पूर्ण तय चुनावमय बनेको छ र विभिन्न ठाउँमा विभिन्न उम्मेदवारहरुले आफ्नो आफ्नो घोषणापत्र सार्वजानिक गरेका छन् सुनवल नगरपालिका वाड नम्बर 13 मा पनि चुनावको राम्रै चहलपहल देखिन्छ यसै अन्तर्गत माओबादी केन्द्र ( नेपाल कम्युनिस्ट पार्टी) को वडा अध्यक्ष को उमेदवारमा मदन पन्थ र वडा सदस्यमा श्यामप्रसाद क्षेत्रि, डिलाराम तिवारी महिला सदस्यमा शैलुन खातुन र दलित महिला सदस्यमा शुशिला सुनार ले उम्मेदवारी दिनुभएको छ । वडा अध्यक्षकाे उम्मेदवारी दिनुभएको मदन पन्थ विभिन्न सामाजिक कार्यहरुमा पहिलेदेखि नै कार्यरत रहनु भएको र अब आउने दिनहरुमा सम्पूर्ण समाज वर्ग र जातिलाई सामान तरिकाले भेदभाव नगरी विकासका कार्यहरु गर्ने बताउनुभएको छ यसअघि उहाँ वन संरक्षण को अध्यक्ष विद्यालय व्यवस्थापन को अध्यक्ष जनशक्ति विकास प्रतिष्ठानको कोषाध्यक्ष हुनुहुन्थ्यो । र उहाँको घोषणापत्र अनुसार शिक्षा स्वास्थ्य खानेपानी जस्ता महत्वपूर्ण कुराहरुलाई पहिलो स्थानमा राख्नु भएको छ भने पहिलेदेखि नै सामाजिक कार्यमा अग्रसर रहेकाले गर्दा अभ्यास गरिरहनु नपर्ने वताउनु हुन्छ ।
सुनवल नगरपालिका १३ मा माओवादी केन्द्र बाट अध्यक्ष पदमा मदन पन्थको उमेदवारी।