चुनावको पूर्वसन्ध्यामा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा बैकल्पिक राजनीतिका आधारतत्व पहिलायर एक टुइट गरेका छन्। टुइटमा उनले वैज्ञानिक समाजवादी विचार, भारत-चीन अमेरिकासँग गतिशील सन्तुलनको मैत्री सम्बन्ध,हिमाल पहाड/ तराई मधेसका सबै जाति समुदायको पहिचान र अधिकारको रक्षा,पार्टी र सत्तामा समावेशी सहभागितामूलक लोकतन्त्र र समावेशी/ दिगो समृद्धि, सुशासन र सदाचारलाई जोड दिएका छन्।