रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७३ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ३० जना महिला र ४३ जना पुरुष रहेका छन् ।
विभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा मंगलबार रुपन्देहीमा ७३ जना कोरोना संक्रमित थपिएका हुन् ।
मंगलबार थपिएका संक्रमितहरुमा सबै भन्दा बढी ३१ जना संक्रमित बुटवल उपमहानगरपालिकामा थपिएका छन् । त्यस्तै सिद्धार्थनगर नगरपालिकामा ५, सियारीमा १, रोहिणीमा १५, तिलोत्तमामा २० र देवदहमा १ जना संक्रमित थपिएका हुन् ।
आज थपिएका संक्रमितसंगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १०७४ पुगेको छ । संक्रमण पुष्टि भएका मध्ये ४३५ जना संक्रमण मुक्त भएका छन् भने ६२९ जना उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।