कृष्ण पौडेल सुनवल ,नवलपरासी । विश्वभरि महामारीको रुपमा फैलिएको कोरना भाइरस संक्रमणबाट पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेराका शिक्षक, असल व्यवसायी तथा समाजसेवी पदमलाल पन्तको निधन भएको छ।उनलाइ केही दिन पहिला कोरोना भाइरस पोजेटिभ देखिएपछि सुनवल नगरपालिकाको नगरस्तरीय आइसियुमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि उपचारका लागि उनलाई भैरहवा मेडिकल कलेज रुपन्देहीमा लगिएको थियो । उनलाइ हिजो साझ ६ बजे डाक्टरहरुले मृत घोषणा गरेका थिए। शिक्षक पन्थको निधनप्रति दुःख व्यक्त गर्दै सुनवल नगरपालिका वडा नम्बर १३ बडेरा नै शोकमा डुबेको छ। धान्याञ्चल माबी र १३ नम्बर वडा ले असल व्यक्तित्व गुमाएको शिक्षाक तिलक पौड्यालले गण्डकी आजलाई जानकारी दिए। शिक्षक पन्थ कृषक जनशक्ति बहुउद्देश्य सहकारी संस्थाका व्यवस्थापक हुन भने सुनवल वडा नम्बर १३ धान्याञ्चल महायज्ञ माबीका शिक्षक थिए।
कोरोना संक्रमणबाट शिक्षक पन्थको निधन ,सुनवल-१३ शोकमा