५ जेठ,कावासोती ।कावासोती नगरपालिका वडा न ३ का वडाध्यक्ष अमृतकुमार श्रेस्ठको नेतृत्व तथा निजि खर्चमा नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा १५ वटा रिफिल गरिएको अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ। गैंडाकोट निवासी नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवं नेपाली काङ्ग्रेसका युवा नेता तथा समाजसेवी अमृत भट्टचनको विषेश सहयोग तथा समाजसेवि सुरज गुरुङको संयोजनमा मध्यविन्दु हस्पिटलमा खाली भएका १५ वटा अक्सिजन सिलिन्डर भरेर अस्पतालका मेसु विर बहादुर थापालाइ हस्तान्तरण गरिएको काङ्ग्रेस कोभिड १९ अनुगमन समितिका जिल्ला संयोजक सुरज गुरुङले जानकारी दिएका छन। १५ वटा सिलिन्डर हस्तान्तरण गरेका वडाध्यक्ष श्रेष्ठले यस अघि पनि आफुहरुकै समन्वयमा अस्पतालमा २५सिलिन्डर हस्तान्तरण गरिएको र आगामी दिनमा पनि आवश्यक परेको खण्डमा थप सिलिन्डर रिफिल गरेर हस्तान्तरण गरिने जानकारी दिए।बाहिर अक्सिजन प्रयाप्त रहेको हल्ला आएपनी यथार्थ तेस्तो नरहेको भन्दै यस्तो विपदको अवस्थामा रिफिल गरिएको सिलिन्डर अस्पताललाई हस्तान्तरण गरेर बिरामीहरुको जीवन बचाउन ठूलो सहयोग भएको अस्पतालका मेसु वीर बहादुर थापाले स-धन्यवाद बताए। सामाजिक कार्यमा सधै सक्रिय रहने वडाध्यक्ष श्रेष्ठले कोरोना महामारी सुरु भएदेखीनै विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन।उनले अघिल्लो बर्ष स्वास्थ चौकिलाइ पिपिइ,स्वास्थ सामाग्री हस्तान्तरण ,व्यक्तिगत पहलमा वडाबासिलाइ राहत वितरण,विद्यालयमा फेस सिल हस्तान्तरण लगायतका कार्य संगै विपन्न परिवारको घर निर्माण गरि हस्तान्तरण समेत गरेका थिए।
वडाध्यक्ष श्रेष्ठद्वारा मध्यविन्दु जिल्ला अस्पतालमा १५ रिफिल अक्सिजन सिलिन्डर हस्तान्तरण