लायन्स क्ल्ब अफ नवलपरासी दाउन्नेले मिति २०७८/०१/१० गते बसेको साधारण बैठकबाट तिलक राम खनाल सहित नयाँ कार्यसमिती चयन गरेको छ । ला.बर्ष २०२०/२१का अध्यक्ष लायन रामचन्द्र अधिकारी ज्यूको अध्यक्षता मा बसेको बैठकले नयाँ कार्यसमिति तय गरेको हो उक्त कार्यको लागि निर्वाचन अधिकृत को रुपमा क्लबका पुर्व अध्यक्ष ला. गुरुदत्त पौडेल लाई नियुक्त गरिएको थियो । उक्त नयाँ कार्यसमितिमा ला.तिलक राम खनाल अध्यक्ष ,ला. भिम सुवेदी प्रथम उपाध्यक्ष ,ला. कमल पौडेल द्वितीय उपाध्यक्ष ,ला. रमेश कुमार श्रेष्ठ सचिव,ला. गणेश प्रसाद घिमिरे कोषाध्यक्ष सहित ला. यज्ञ प्रसाद पौडेल,ला.युवराज खत्री,ला. लिलाहरी पौडेल ,ला. सेवक भण्डारी , ला. लक्ष्मण पाण्डे र ला. कृष्ण पराजुली कल्बको विभिन्न जिम्मेवार पदमा बोर्ड मेम्बरमा निर्विरोध निर्वाचित हुनु भएको हो भने निर्वाचन अधिकृतले उहाँहरुलाइ टीका लगाई स्वागत एवं बधाई ज्ञापन गर्नु भएको थियो । बैठकमा बोल्दै आगामी दिनमा लायन्सले गर्ने क्रियाकलाप र कार्यक्रमहरु केही पृथक होस र समाजमा राम्रो छाप छोड्न सफल होस युवा नेतृत्वले समाज सेवाका हात हरु अझ बढि फैलाउन सफल होस भनी शुभकामना समेत दिनु भएको थियो । बैठकमा झण्डाको अभिवादन ला. रमेश कुमार श्रेष्ठलेले गरेका थिए भने बैठक संचालन सचिव भिम सुबेदिले गरेका थिए ।
खनालको अध्यक्षतामा लायन्स क्लब अफ नवलपरासी दाउन्नेको नया कार्यसमिति चयन