उमेश बि.क / नवलपरासी। नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको १३ दिनकाे पुण्य तिथिमा नेपाली काङ्ग्रेसकाे आयाेजनामा श्रद्धाञ्जली अर्पण सम्पन्न भएको छ । कांग्रेस उपसभापति गिरीले पार्टी र समाजमा पुर्याएकाे अतुलनीय याेगदानलाई सम्मान गर्दै उनको सम्झना सबै माझ स्मरण रहिरहाेस भनेर रामग्राम ८ लाेहसडामा सुबास चन्द्र चाेक नामाकरण गरि ब्यानर समेत स्थापित गरिएको छ। शनिबार उनकाे जन्मस्थल निवास रामग्राम ८ लाेहसडामा श्रद्धाञ्जली अर्पण नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका सभापति बिष्णु पाैडेल तथा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एवं सांसद देबेन्द्र राज कण्डेलकाे बिशेष उपस्थितिमा श्रद्धाञ्जली अर्पण सम्पन्न भएकाे हाे । रामग्राम नगरपालिका वडा नं. २ घर भएका ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा काेराेनाकाे उपचारका क्रममा भदौ २ गते मगंलबार बिहान ६ बजे दुखद निधन भएकाे थियाे ।
श्रद्धाञ्जली अर्पण गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद कण्डेलले नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरी नेपाली राजनीतिका उदयमान युवा नेताका अलावा व्यक्तिगत रुपमा भद्र र सुयोग्यका साथै जुजारु एवं लोकप्रिय नेता भएको र उनले पार्टीको संगठनमा सक्रिय योगदान भएकाेले उनकाे निधनले पाटीलाइ अतुलनीय क्षती पुगेको बताउदै परिवारलाई पाटिबाट सधै सहयाेग साथ रहिरहने प्रतिबद्धता ब्यक्त गरेका थिए। त्यस्तै जिल्ला सभापति बिष्णु पाैडेलले सुवाशचन्द्र गिरीको निधनले नेपाली काङ्ग्रेसलाइ ठुलाे क्षति पुर्याएकाे बताउदै उनको निधनले काङ्ग्रेसलाई मात्र नभई एउटा समाजकाे असल अगुवा नै गुमाएकाेले नवलपरासीलाई नै स्तब्ध बनाएको बताए । श्रद्धाञ्जली अर्पणमा पार्टीका सचिव बिक्रम यादव,सचिव गजानन्द पटेल , सहसचिव हरि यादव,काेषाध्यक्ष राजाराम कुशवाहा,प्रदेशसभा सदस्य बैजनाथ जैसवाल ,जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय ,संगठन बिभाग केन्द्रीय सदस्य माेहन प्रसाद शर्मा,शिक्षा विभाग केन्द्रीय सदस्य राधेश्याम पाठक ,क्षेत्रीय सभापति तथा रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता,क्षेत्रीय सभापति अम्रित जिसि ,नेता अनिल कुमार गौड,रामग्राम नगरपालिका उप प्रमुख रम्भा कुँवर ,प्रतापपुर गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जु चाैधरी, जनता समाजबादि पाटि द्वय अध्यक्ष मुकुल गिरि धरेन्द्र यादव ,पुर्ब रक्षामन्त्री रामबचन यादव,स्वतन्त्र राजनीति समुहका जिल्ला अध्यक्ष राधेरमन पाण्डे ,विभिन्न नेता तथा कार्यकर्ता लगाएत उपस्थिति रहेकाे श्रद्धाञ्जली अर्पणमा भाई सन्तोष गिरिले परिवारजनवाट धन्यवाद ज्ञापन गर्नुभएको थियाे भने श्रद्धाञ्जली अर्पणकाे सन्चालन जिल्ला सचिव बिक्रम यादवले गरेका थिए ।
कांग्रेस उपसभापति गिरीको सम्झनामा सुबास चन्द्र चाेक नामाकरण