काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को आयकरको दोस्रो किस्ता समयमै बुझाउन सरकारले करदाता सँग ताकेता गरेको छ ।
आन्तरिक राजस्व विभागले चालु आवको आयकरको दोस्रो किस्ता बापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकी रकम तिर्न आग्रह गरेको छ । साथै यसअघि पेस गरिएको अनुमानित आय विवरण संशोधन गर्नुपर्ने भएमा सो समेत चैत मसान्त भित्र गरिसक्न विभागले आग्रह गरेको छ ।
चालु आवको आय करको दोस्रो किस्ता बापतको कर रकम दाखिला गर्ने समय चैत मसान्त हो ।