-पार्वति पाण्डे ।
नवलपुर । पुर्वि नवलपरासीका सम्पुर्ण गाउँपालिका र नगरपालिकाहरुमा कोपिला नेपाल पोखराद्वारा निशुल्क अपाङ्गता पहिचान शिविर सञ्चालन गर्ने भएको छ ।
बिगत २० बर्षदेखि ग्रामिण समुदायका कठिन परिस्थितिका महिला बालबालिका र मनोसमाजिक स्वास्थ्यका सवालका काम गदै आइरहेको यस कोपिला नेपाल, पोखराले बि.स २०७५ सालदेखि नवलपुरको गैँडाकोट, देवचुलि, कावासोति र मध्यबिन्दु नगरपालिकाहरुका अपाङ्गता भएका ब्यक्तिहरु बढि भएका ५÷५ वटा वडा छानेर अपाङ्गताको सबालमा काम गरी आइरहँदा त्यस समुदायका अपाङ्गता भएका ब्यतिmहरुको अबस्था ज्यादै दयनिय रहेको पाएको र ग्रामिण समुदायका अपाङ्गता भएका ब्यक्तिहरुको अबस्थालाई मध्यनजर गरि गत मंसिरदेखि नवलपुरका ८ वटै स्थानिय तहहरुको सम्पुर्ण क्षेत्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई समेट्ने हेतुले बाहिर परेकालाई समावेशिकरण परियोजना सञ्चालनमा ल्याइएको र यसै परियोजना अन्र्तगत रहि आगामि चैत्र २ गतेदेखि ८ वटै पालिकाहरुमा क्रमश निशुल्क अपाङ्गता पहिचान शिविर सञ्चालनमा ल्याउने भएको यसै परियोजनाका नवलपुर संयोजक सागरमणि ढुङ्गानाले बताउनुभयो ।
चैत्र २ गतेका दिन देखि संचालनमा ल्याइने भएको यस शिबिरको पहिलो दिन कावासोति नगरपालिकामा हुने भएको ,३ गतेका दिन मध्यबिन्दु नगरपालिकामा, ४ गतेका दिन हुप्सेकोट गाउँपालिकामा, ५गतेका दिन बिनयीत्रिवेणि गाउँपालिकामा,११ गतेका दिन बौद्घिकाली गाउँपालिकामा, १२ गतेका दिन बुलिङ्गटार गाउँपालिकामा र बाँकि २ गँैडाकोट र देबचुलि नगरपालिकाको भने शिविर हुने दिन तय नभएको ढुङ्गानाले बताउनुभयो । यस शिविरमा अपाङ्गता भएका ब्यक्तिहरुको अबस्था तथा प्रकृति पहिचान गरि उनिहरुलाई आबश्यकता अनुसारका साहायक साम्रगी तथा आबश्यकता अनुसारको औषधि उपचारका लागि सहयोग गर्ने नवलपुर संयोजक सागरमणि ढुङ्गानाले जानकारी दिनुभयो ।
नवलपुरमा कोपिला नेपालद्वारा निशुल्क अपाङ्गता पहिचान शिविर शुरु हुदैँ