चोरमारा, २४ फागुन २०७७
मध्यबिन्दु नगरपालिकाका प्रमुख र उप–प्रमुखले १ सय ११ औं अन्तराष्ट्रिय नारी दिवस २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण महिला दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा भनिएको छ विश्व परिवेशमा एक शताब्दी भन्दा बढी समयदेखि मनाईंदै आएको नारी दिवस नेपालमा मनाउन थालेको तीन दशक भएको छ । यद्यपि महिला समानताको लागि भएको प्रयासहरुको तुलनामा उपलब्धी सन्तोषजनक हुनसकेको छैन । समावेशी सिद्धान्तमा महिला सहभागीता बढाउनु बाहेक पुरुष समानअधिकार र उत्तरदायित्व बहनगर्न महिलालाई सक्षम बनाउन अझै सकिएको छैन, यद्यपि नारीहरुको हक हित र समान अधिकारका लागि बिशेष कार्यक्रमहरु तर्जुमा गरि सबल कार्यान्वयनको पक्षमा छौ ।
यस दिवसले महिलाको अधिकार, समानता, सशक्तीकरण तथा मानवअधिकार सुनिश्चित गर्ने दिशामा सबै नेपालीहरु एकजुट हुने प्रेरणा प्राप्त होस् भन्ने कामना गरिएको छ ।