नवलपुर,फागुन १७ गते। पूर्वी नवलपरासीको कावासोतीमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने भएको छ । कावासोती नगरपालिका २ स्थित कृषि उपज व्यवस्थापन थोक बजारमा ४० लाख रुपैयाँको लगानीमा प्रशोधन केन्द्र स्थापना हुने भएको हो । गण्डकी प्रदेश सरकारको २८ लाख र बजार समितिको १२ लाख रुपैयाँको लगानीमा अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि भवन निर्माण गर्न लागिएको कृषि उपज व्यवस्थापन थोक बजार समितिका अध्यक्ष लेखनाथ बस्यालले बताउनुभयाे । समितिका अनुसार नवलपुर जिल्लाभर उत्पादन भएका अदुवालाई एकै ठाउमा भण्डार गरिने छ । प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने भवन निर्माणका लागि कृषि उपज व्यवस्थापन थोक बजार समितिकै १० धुर जग्गा प्रयोग गरिने छ । काँटा सहित प्रशोधनका लागि चाहिने आवश्यक सामग्री प्रदेश सरकारले नै उपलब्ध गराउने समितिका अध्यक्ष बस्यालले बताए
कावासोतीमा अदुवा प्रसोधन केन्द्र स्थापना हुदै ।