राज कुमार चमार, १४ फागुन, कपिलवस्तु ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा समुदाय र प्रहरी बिच एक दिने कार्यक्रम सम्मन भएको छ । सहज परियोजनाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समुदाय र प्रहरी बिचको अन्तर सम्वाद भएको थियो। बिगत भन्दा हालको समयमा सेवा ग्राहीले के-कस्तो सेवा पाइरहेका छन् र प्रहरीले कस्तो सेवा प्रदान गर्दै आइरहेको छलफल भएको थियो ।
सुरक्षा तथा न्याय सम्बन्धी समस्या समुदाय र प्रहरी बिच देखिएका समस्या लागु पदार्थ, बालविवाह, दाईजो प्रथा, घरेलु हिँसा, छोरा छोरी बीच विभेद, खुला सिमानाले तस्कर, ट्राफिक नियम पालना र साईबर क्राईम लगायतको बारेमा छलफल गरी अंक दिएका थिए ।
उक्त कार्यक्रममा वडा नं २ का अध्यक्ष मनोज यादव, वडा नं ३ का महिला सदस्य रिता पासी, वडा नं ४ का वडा सदस्य शिवपुजन भुज, वडा नं ५ का सदस्य प्रसुराम यादव, शिबलवा प्रहरी चौकी इन्चार्ज रमेश गुरुङ, लबनी प्रहरी चौकी इन्चार्जको जिम्मेदारी बामदेव पौडेल, प्रहरी जवान तिजु यादव, जनकल्याण युवा क्लब का अध्यक्ष पृथ्वी राज चौधरी, सक्क्षम दलित सामाजिक विकास केन्द्र का अध्यक्ष धर्मेन्द्र कुमार पासी, मुबारक मुस्लिम सामाजिक विकास केन्द्र का अध्यक्ष अनवर अली मु., सहज परियोजना, समुदायिक व्यक्ति लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा समुदाय र प्रहरी बिच हस्ताक्षर गरी प्रतिबद्धता गरेका छन् ।