ज्ञानु पंगेनी कावासोती , ७ माघ खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासी पूर्व (नवलपुरको) आज कावासोतीमा भएको जिल्ला भेलाले खिमानन्द भुषालको अध्यक्षतामा १५ सदस्यीय नवलपुर जिल्ला तदर्थ समिती गठन गरेको छ । जसको उपाध्यक्षमा शोभित शर्मा , सचिवमा श्रीधर शर्मा , कोषाध्यक्षमा पार्वती शर्मा लम्साल चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा उदयराज अर्याल , टंक अर्याल , भिम रेग्मि , राधिका सापकोटा पाठक , सुवाशचन्द्र ओझा , हिरादेवी गिरी , भिमलाल कंडेल , रमिला भुजेल , सालिकराम तिमिल्सीना , रुमाकला काफ्ले र प्रकाश गिरी चयन हुनुभएको छ । भेलाको उद्घाटन गर्दै प्रमुख अतिथी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्यालले सामाजिक मुद्धाहरुमा संगठित भएर अगाडी बढ्दा सुनुवाई हुनेमा जोड दिनुभयो । संगठित नहुँदा मागहरुको सुनुवाई नहुने हुँदा संस्थागत रुपमा संगठित भएर अगाडी बढेमा मागहरुको सुनुवाई हुने बताउनुभयो । नवलपुरमा रहेका खानेपानी उपभोक्ता समितीहरुको सहभागितामा गठित जिल्ला समितीले जिल्लाका खानेपानीका साझा समस्याहरुलाई उठान गर्न आग्रह गर्दै अर्यालले ती समस्याहरुले सम्बन्धित निकायमा पु¥याउन पहल गर्नुपर्ने र त्यसको अभिभावकत्व खानेपानी महासंघ केन्द्रले गर्ने बताउनुभयो । खानेपानी महासंघका केन्द्रिय कोषाध्यक्ष , खानेपानी महासंघका केन्द्रिय सचिवालय सदस्य थान प्रसाद ग्रैह्रे , डिभिजन खानेपानी नवलपुरका ईन्जिनियर महेन्द्रराज आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष भिमलाल कंडेलले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद भुषालको अध्यक्षतामा भएको थियो । नवगठित समितीलाई आजै प्रमुख अतिथीले सपथ ग्रहण समेत गराउनुभएको छ ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपुरको अध्यक्षमा भुषाल